बर्नलीमाथि म्यानचेस्टर सिटीको सानदार जित

काठमाडाैं । म्यानचेस्टर सिटीले रोमाञ्चक प्रिमियर लिग खेलमा बर्नलीमाथि ५-१ को सानदार जित हासिल गरेको छ । बर्नलीका डिफेन्डर म्याक्सिम एस्टेभले दुर्भाग्यवश दुई आत्मघाती गोल गर्दा सिटीको जीतको आधार बनेको थियो।

सिटीले खेलको सुरुवातदेखि नै बर्नलीलाई दबाबमा राखेको थियो। खेलको १२औँ मिनेटमै सिटीले अग्रता लियो, तर गोल सिटीका खेलाडीको नाममा भएन। विङ्गर जेरेमी डोकुको प्रयासलाई बर्नलेका डिफेन्डर म्याक्सिम एस्टेभले क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे।

अग्रता लिएपछि पनि सिटीले गोलका थुप्रै अवसर गुमायो। यहीबीच, खेलको ३८औँ मिनेटमा बर्नलेका जैडन एन्थोनीले क्विलिन्ड्स्ची हार्टम्यानको क्रसमा उत्कृष्ट फिनिस गर्दै बर्नलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा सिटीले आफ्नो खेलको स्तर अझै बढायो। खेलको ६१औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डको हेड-डाउन पासलाई मिडफिल्डर म्याथियस न्युन्सले १२ यार्डबाट उत्कृष्ट भली प्रहार गर्दै गोलमा परिणत गरे र सिटीलाई २-१ को अग्रता दिलाए।

लगत्तै ६५औँ मिनेटमा बर्नलेको दुर्भाग्य फेरि एकपटक दोहोरियो। सब्सटिच्युट ओस्कर बबको क्रसलाई रोक्ने क्रममा एस्टेभले पुनः आफ्नै पोस्टमा गोल गर्न पुगे। एस्टेभको नाममा एकै खेलमा दुई आत्मघाती गोल दर्ता भयो र सिटी ३-१ ले अगाडि बढ्यो।

खेल सकिनै लाग्दा एर्लिङ हालान्डले ९०औँ मिनेटमा सुन्दर ट्याप-इन गर्दै सिटीको चौथो गोल गरे। त्यसको तीन मिनेटपछि बर्नलीको गल्तीको फाइदा उठाउँदै हालान्डले व्यक्तिगत दोस्रो र टिमका लागि पाँचौँ गोल गरेर जीत सुनिश्चित गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर