केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समितिमै लैजाने माओवादीको निर्णय

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितीबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”

उहाँले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राख्नुभयो । उहाँका अनुसार माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ ।

बैठकले आगामी कार्याक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उहाँको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर