जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पदबाट राजीनामा दिन माग

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत ) लाई पदबाट राजीनामा दिन नेता कार्यकर्ताहरुले माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउत लाई २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् । प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बमलगायतका नेताहरुले पत्र लेखेर राजीनामा मागेका हुन्। उनीहरूले संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा मागेका छन्।
‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के राउत) ज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ।