सुमनाले रास्वपा छाडिन्, अब क–स्लाई तान्ने हो ? पार्टीमा हलचल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । सुमनाले पार्टी छोड्नु परेको कारण गल्ती कहिल्यै नस्वीकारेको गल्तीमाथि गल्ती गरिरहेको बताएकी छन् । उनले आफूले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।
उनले ग्रृपलाई भनेकी छन्, “कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा ममाथि आक्रमण गर्नलाई पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । “आई क्विट”, मैले पार्टी छोडेँ ।”
सुमना यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा सम्मिलित भई कार्कीसँग अंकमाल गरेकी थिइन् । यनी शपथ ग्रहणमा उपस्थित भएको देखिएपछि उनले रास्वपा छोड्ने आँकलन गरिएको थियो । सामाजिक सञ्जाल र मिडियामा उनले रास्वपा छोड्ने चर्चा भएपछि उनले शनिबार एक भिडियो जारी गर्दै आफुले सुशीला कार्कीलाई मन्त्री बनेर होइन बाहिरबाट सहयोग गर्ने बताएकी थिइन् ।