यस्तै, उनले काङ्ग्रेस पार्टीमा रहेका सबै कार्यकर्ताहरुलाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरेका छन् । उनले भने, ‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ । सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ । काङ्ग्रेस पार्टीको जिम्मेवारी हो किनभने राष्ट्रिय शक्ति हो । त्यसकारण म पार्टीका साथीहरुलाई आह्वान गर्छु । जो जहाँ हुनुहुन्छ आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु ।’
उनले भदौ २३ र २४ गते भएको घटनाबाट आँकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए । उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । तपाईं र म सरकारमा थिएनौं । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षति भएको छ जसको कसैले आकलन गर्न सक्दैन ।’