जेनजी समूहबीच नै कुटपिट र लफडा

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा जेनजी समूहबीच नै कुटपिट भएको छ । दुई समूहले छुट्टाछुट्टै नाम अघि सार्दा सैनिक मुख्यालयमा भेला भएका उनीहरूबीच नै लफडा भएको हो ।

हर्क साम्पाङको समहूले अर्काे समूहमाथि कुटपिट गरेको बताइएको छ । जेनजीहरुको आन्दोलनमा घुसपैठ गरेका केही युवाबीच अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा वादविवाद चर्किएपछि कुटाकुटको रूप लिएको हो । सुशीला कार्कीको नाम चर्चा रहँदा हर्क पनि आकांक्षीका साथ काठमाडौं आएका छन् ।

यस विषयमा आन्दोलनरत जेनजी समूहका नेताहरुले आन्तरिक छलफल जारी रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर