जेनजी समूहबीच नै कुटपिट र लफडा

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा जेनजी समूहबीच नै कुटपिट भएको छ । दुई समूहले छुट्टाछुट्टै नाम अघि सार्दा सैनिक मुख्यालयमा भेला भएका उनीहरूबीच नै लफडा भएको हो ।
हर्क साम्पाङको समहूले अर्काे समूहमाथि कुटपिट गरेको बताइएको छ । जेनजीहरुको आन्दोलनमा घुसपैठ गरेका केही युवाबीच अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा वादविवाद चर्किएपछि कुटाकुटको रूप लिएको हो । सुशीला कार्कीको नाम चर्चा रहँदा हर्क पनि आकांक्षीका साथ काठमाडौं आएका छन् ।
यस विषयमा आन्दोलनरत जेनजी समूहका नेताहरुले आन्तरिक छलफल जारी रहेको बताएका छन् ।
प्रतिक्रिया