राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता सकारात्मक : जेलेन्स्की

काठमाडौं ।  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।ट्रम्पसँग वार्ता पछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो।” उनका अनुसार बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।

जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए। उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे।

यसपटक युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्प भेट्न सुट लाएर ह्वाइट हाउस पुगेका छन्। भेटवार्ताअघि ट्रम्पको सचिवालयले छलफलका लागि आउँदा जेलेन्स्कीलाई सुट लगाउने कि भनेर सोधेको थियो।

गत फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई झपार्नुका कारणमध्ये उनले सुट नलगाउनु पनि एक भएको मानिएको थियो। त्यसबेला जेलेन्स्की लडाकु पोसाकमै ह्वाइट हाउस पुगेका थिए। ट्रम्पको सचिवालयले त्यति बेला पनि जेलेन्स्कीले सुट लगाएको भए राम्रो हुन्थ्यो भनेर युक्रेनी अधिकारीलाई भनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर