बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । डार्बिनको मरारा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए संग ३२ रनले पराजित भएको हो ।
१ सय ८७ रनको लक्ष्य सहित जवाफी ब्याटीङ गरेको नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटियो । नेपालका लागी कुशल मल्लले सर्वाधिक ५९ रन बनाए । यसअघि टस जितेर ब्याटीङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रनको योगफल बनाएको थियो ।
लगातार पराजित भएको नेपाल सिरिजको पहिलो खेलमा पनि नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । अव तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग खेल्नेछ भने चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया