टियु क्रिकेट मैदानको प्रगति विवरण माग्न संसदीय समितिको निर्देशन
काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको स्तरोन्नति कार्यमा भएको प्रगतिबारे विवरण माग्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका कामको प्रगति जानकारी गराउन सरकारलाई निर्देशन दिएको समितिका सभापति ठाकुर गैरेले जानकारी दिए।
समितिले यसअघि साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा स्तरोन्नति कार्यप्रति सन्तुष्टि जनाउँदै समितिले बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको थियो।
प्रतिक्रिया
