आज असार २१ गते बुधबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्म र सामाजिक समारोहमा सहभगी हुने अवसर मिल्नेछ। आवश्यक पर्दा सहयोगीहरूको सहयोग पाइनेछ। सफलता र नयाँ अवसरले पछ्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा व्यस्तता बढ्नाले शरीरमा कमजोरीको अनुभूति हुनेछ। नोकरी वा पेशामा मन नमिल्दो व्यक्तिसँग कार्य गर्नुपर्ला। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्दा राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्रा सफल हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतीहरूका लागि समय उत्तम रहनेछ। प्राविधिक समस्याले समस्या निम्त्याउँला। अति आत्मविश्वास नोक्सानदायी रहन सक्छ। उधारो पैसा लिने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिस्पर्धीहरू हार खानेछन् भने सहयोगीहरूको राम्रो साथ मिल्नेछ। सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको फाइदाको लागि उपयोगी भइनेछ सावधान रहनुहोस्। परिस्थितिवस आफ्नो लागि समय अनुकूल नहोला। प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोग देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। थोरै लाभ भएपनि ठूलो आवश्यकता पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको सहयोगले आँटेका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। मनपर्दो भौतिक संसाधन जुटाउन सकिएला। सहयोगीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आजको उपलब्धिले अरु कार्यप्रति उत्साह जगाउनेछ। बोलिको भरमा कार्यसम्पादन गर्न सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्चमा वृद्धिका साथै आर्थिक संकटले सताउन सक्छ। समय र सन्दर्भ विचार नगरी बोल्दा आफ्नै हाँसो हुन सक्छ। विदेशतिरबाट राम्रो सूचना मिल्नेछ। अध्यात्ममा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। रोकिएका कामले गति लिनेछ। सानो मेहनतले ठूलो लाभ आर्जन गर्न सकिएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरिएका कामको राम्रो मूल्यांकन हुनेछ। प्रतिष्ठित कार्य गरेर सबैको मन जित्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर