आज असोज २३ गते शुक्रबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आफ्नो बसाइँ वा काम गर्ने ठाउँ व्यवस्थित गर्ने इच्छा बढ्नेछ।आफन्तको कुराले पुरानो सम्झना ताजा गराउनेछ। हातखुट्टा बढी थाक्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीभन्दा व्यवहारबाट प्रभाव पार्ने प्रसंग आउनेछ। आफ्नो प्रतिभा देखाउने एउटा सानो मौका पछि ठूलो उपयोगमा आउन सक्छ। दाम्पत्य जीवनमा साथीसँग बसेर रमाउने समय जुर्नेछ। आजको शुभ रंग हल्का गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै गतिमा अघि बढ्दा धेरै कुरा सहज रूपमा सम्हालिनेछन्। कुनै कुराको उत्तर तुरुन्तै दिनुपर्ने छैन, सोचेर बोलेको कुरा बलियो हुनेछ। भाइबहिनी वा साथीको साथले उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चन्द्रमाको प्रभावले भावनात्मक पक्ष निकै संवेदनशील रहनेछ। घरपरिवारसँग जोडिएको विषयमा तपाईंको भूमिका महत्वपूर्ण बन्नेछ। मनमा राखेको कुरा सही व्यक्तिसँग राख्दा हलुका महसुस हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचानक आएको जिम्मेवारीले तपाईंको क्षमता परीक्षण गर्नेछ। कठिन देखिएको कामलाई टुक्र्याएर अघि बढ्दा राम्रो परिणाम निकाल्न सकिनेछ। आर्थिक लाभभन्दा प्रतिष्ठा जोगाउने निर्णय महत्वपूर्ण बन्नेछ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक १ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कसैलाई दिएको वचन पूरा गर्ने प्रसंग आउन सक्छ। पढाइ वा तालिममा छुटेको कुरा समेट्ने अवसर मिल्नेछ। साथीको उपलब्धिमा सहभागी हुँदा तपाईंलाई पनि प्रसन्नता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरभन्दा बाहिरको कामले दिनको तालिका व्यस्त बनाउनेछ। कुनै संस्थागत वा सामाजिक काममा तपाईंको सहभागिता आवश्यक पर्न सक्छ। पैसाको हिसाबमा अरूको भनाइभन्दा प्रमाणलाई महत्व दिनुहोस्। प्रिय व्यक्तिले गरेको प्रशंसाले आत्मविश्वास बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा अधिकार खोज्नुभन्दा परिणाम देखाउनु प्रभावकारी हुनेछ। लेनदेनमा सानो सावधानीले भविष्यको झन्झट रोक्नेछ। घरका साना सदस्यसँग बिताएको समय रमाइलो रहनेछ। आजको शुभ गाढा खैरो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो ठाउँबाट बाहिर निस्केर नयाँ वातावरण हेर्ने इच्छा हुनेछ। टाढाको व्यक्तिसँग महत्वपूर्ण कुराकानी हुन सक्छ। व्यवसायमा बजारको अवस्था बुझेर कदम चाल्नु उपयुक्त हुनेछ। मन परेको व्यक्तिबाट अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बढी बोल्नुभन्दा आवश्यक कुरा मात्र राख्दा दिन तपाईंको पक्षमा रहनेछ। कार्यालय वा व्यवसायमा एउटा नियम परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। घरको आर्थिक व्यवस्थामा तपाईंले गरेको सुधार देखिन थाल्नेछ। आजको शुभ रंग माटो रंग हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीको जीवनसँग जोडिएको विषयमा तपाईंको सल्लाह खोजिनेछ। आम्दानीको नयाँ बाटो खोज्नुभन्दा हालको स्रोत व्यवस्थित गर्नु उपयोगी हुनेछ। मन मिल्ने व्यक्तिसँग भएको छोटो भेट पनि अर्थपूर्ण बन्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
प्रतिक्रिया
