आज मंसिर ८ गते मंगलबारको राशीफल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामिलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कार्यक्षेत्रमा लगनशीलताको कमीले कार्यमा बाधा आउनेछ। कुनै नयाँ काम गर्दा मन आत्तिन सक्ला,निडर वा आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा नयाँ इष्टमित्रहरूको सहायता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगरौँ। आकस्मिक धन हानिका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अङ्क ६ रहेको छ।
वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा धेरै दौडधुप गर्नुपर्ला। छरछिमेकीहरूसँग आत्मीय सम्बन्ध बढ्नेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनु भन्दा पहिला शुभचिन्तकहरूको सल्लाह लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ रहनेछ। आयस्रोत बढ्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। लगनशीलताले शत्रुहरू आफैं पन्छिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सबल रहनुको साथै कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
प्रतिक्रिया
