आज मंसिर २ गते बुधबारको राशीफल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संगीत वा कलाको क्षेत्रमा सफलता मिल्ला। परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) व्यापार व्यवसायभन्दा सेवा मुलुक कार्यमा सफलता मिल्नेछ। पिताको सहयोगले बिगरिको कार्य बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो सहयोग दिनेछन्। धर्मकर्ममा र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। अध्ययन अध्यापनमा सफलता पाइनेछ। सानो खर्चले ठूलो लाभ लिन सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिस्पर्धामा सफलता पाइनेछ। नयाँ नोकरीको अवसर मिल्नेछ। नोकरी वा पेशामा आफ्नो योग्यताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ सोच र योजनाले मन उत्साहित बनाउँछ। साथीभाइ वा समूहबाट सहयोग मिल्नेछ। काममा अलि धैर्य चाहिनेहुँदा हतार नगर्नुहोस्। व्यवहारिक निर्णय फाइदाजनक हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कामकाजमा जिम्मेवारी बढ्न सक्छ। मेहनतको कदर हुने दिन हो। आर्थिक पक्ष क्रमश बलियो बन्दै जानेछ। घर परिवारसँग सन्तुलन राख्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ व्यक्तिहरुसँगको संवाद र भेटघाट सफल रहनेछ। नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ। यात्रा वा छोटो भ्रमण फलदायी हुन्छ। मन खुसी र चञ्चल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भावनामा अलि उतार चढाव आउन सक्छ। गोप्य कुरामा सतर्क रहनु राम्रो। आर्थिक लेनदेन सोच विचार गरेर गर्नुहोस्। आत्मविश्वास बढाउन ध्यान र पुजा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य वा साझेदारीमा सकारात्मकता देखिन्छ। सहकार्यबाट सफलता मिल्ने दिन हो। अहंकारभन्दा समझदारी उपयोगी हुन्छ। प्रशंसा र समर्थन पाइनेछ।अजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक काम र स्वास्थ्यमा ध्यान दिनुहोस्। अनुशासनले राम्रो परिणाम दिन्छ। सानो मेहनतले ठूलो सन्तुष्टि मिल्नेछ। कार्यस्थलमा अरुको तपाईंमाथि विश्वास बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
प्रतिक्रिया
