आज कात्तिक २८ गते शनिबारको राशीफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ​कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुको साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथ र सहयोगले नयाँ उत्साह जगाउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पछिका लागि लगानीको अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा जस लिने अवसर प्राप्त हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन :  (का, कि, कु, घ, ङ, छ, के, को, हा) ​​​सामाजिक समस्या सुल्झ्याउने जिम्मेवारी आउनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिन सक्ला। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ​​नयाँ कार्यको अवसर मिल्दा पनि भनेजस्तो लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफ्नो मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोग लिएर मात्र व्यापार व्यवसायमा निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक:  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इष्टमित्रहरूको साथमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरपरिवारको सहयोगबाट बिग्रिरहेको कार्य बन्नेछ। यात्राबाट लाभ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। शिक्षकहरूलाई शिक्षाको क्षेत्रमा पदोन्नति हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा धैर्यले काम लिनुहोला। कर्जा आदिको लेनदेनबाट तनाव बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस। खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ​​घरेलु मामलाहरूमा तेस्रो पक्षको दखलले कुरा बिग्रिनेछ। व्यापार व्यवसायमा लाभ वा कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ​​ वित्तीय मामलाहरू गम्भीरताले सुल्झाउनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट सहयोग पाइएला। आलस्यले गर्दा लाभकारी योजनाहरू गुम्ने सम्भावना रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर