आज असोज २० गते मंगलबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट उत्साह बढाउने कुरा सुन्न पाइनेछ। मनमा लागेको पुरानो कुरा बिर्सेर अघि बढ्न सहज हुनेछ। शरीरमा ताजगी रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरमा तपाईंको उपस्थितिले माहोल रमाइलो बनाउनेछ। सामान खरिद गर्दा फाइदा हुने छनोट गर्न सकिनेछ। प्रेममा सानो कुराले पनि खुसी दिनेछ। आरामका लागि पर्याप्त निद्रा आवश्यक छ। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अचानक आएको निम्तो स्वीकार्दा रमाइलो हुनेछ। नयाँ चिनजानबाट भविष्यको काम बन्ने संकेत छ। साथीको व्यवहारले मनको तनाव घटाउनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत निर्णयमा अन्योल हट्नेछ। नजिकको सम्बन्धमा मनका कुरा बुझिनेछन्। समयमै खाना खानुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो नामसँग जोडिएको राम्रो चर्चा सुन्न पाइनेछ। व्यवसायमा नयाँ वस्तु वा सेवाको योजना बन्नेछ। आर्थिक लाभका लागि सही व्यक्तिसँग भेट हुनेछ। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुरानो कागजी झन्झटबाट राहत मिल्नेछ। व्यापारमा हिसाब स्पष्ट राख्दा फाइदा हुनेछ। परिवारका सदस्यसँगको बोलीले सम्बन्ध अझ मिठो बनाउनेछ। पेटलाई भारी नहुने भोजन रोज्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै भावनालाई राम्रोसँग बुझ्ने अवसर मिल्नेछ। साझेदारीको विषयमा सकारात्मक कुरा अघि बढ्नेछ। खर्चभन्दा आवश्यकतालाई प्राथमिकता दिनु ठीक हुनेछ। केहीबेर एकान्तमा बस्दा मन हलुका हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो प्रतिभा प्रयोग गर्ने राम्रो ठाउँ भेटिनेछ। व्यवसायमा गुणस्तर सुधार्दा ग्राहक थपिनेछन्। परिवारको विश्वासले भावनात्मक बल दिनेछ। पानी पर्याप्त पिउनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) टाढाको यात्रासम्बन्धी कुरा अघि बढ्नेछ। नयाँ बजारबारे जानकारी प्राप्त हुनेछ। प्रेमसम्बन्धमा पुरानो दूरी घट्नेछ। बाटो काट्दा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नो मेहनतको अर्थ बुझिनेछ। कुनै जिम्मेवारी अरूले तपाईंलाई विश्वास गरेर दिनेछन्। बचतको राम्रो अवसर भेटिनेछ। घरको व्यक्तिसँगको कुराकानीले मन बलियो बनाउनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ प्रविधि सिक्ने इच्छा बढ्नेछ। सामाजिक भेटमा पाएको जानकारी काम लाग्नेछ। व्यक्तिगत सम्बन्धमा खुलापन बढ्नेछ। लामो समय मोबाइल नचलाउनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रिय व्यक्तिको सानो ध्यानले पनि खुसी बढ्नेछ। आफ्नो रुचिको क्षेत्रमा नयाँ प्रेरणा पाइनेछ। व्यवसायमा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहनेछ। आरामसँग बिताएको समय उपयोगी हुनेछ। आजको शुभ रंग फिक्का सुनौलो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर