बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा पत्र बुझाउँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । हेटौडामा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले आाज सोमबार प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने पनि जानकारी दिए । यसैबीच प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले आफूले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने बताए ।

२०८१ साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका बहादुरसिंह लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगतिका विवरण पनि प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर