बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन २१ जना प्रदेशसभा सदस्यले काग्रेस संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसदीय दलका सचिब कृष्ण तामाङलाई २१ जना सांसदहरुको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताब बुझाएका हुन। संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले सर्वसाधारणको अपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष सहित आज दिउसो मात्र काग्रेसबाट सुरकारमा गएका ४ जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा बुझाउनेमा मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदुकुमार श्रेष्ठ रहेका छन् । ३७ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ । बहुमत सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताब दर्ता भएको हो । यसअघि ईन्द्र बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर