विद्यादेवीको आज पत्रकार सम्मेलन, एमाले वृत्तमा हलचल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिने पत्रकार सम्मेलनमा नेकपा एमालेले आफनो बारेमा पछिल्लोपटक गरेका पार्टीगत राजनीतिक निर्णय र आफ्ना भावी राजनीतिक कार्यदिशाका सम्बन्धमा स्पष्ट पारिने उनी निकट एक नेताले बताए ।

एमालेको गत मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो। भण्डारीले गत असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । सम्भवतः उनले पत्रकार सम्मेलनमा एमालेविरुद्ध कानुनी उपचार खोज्ने कुरा पनि प्रकाश पार्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर