माझ किराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको अर्को रमिता : बराली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको आन्तरिक शक्ति संघर्ष र राजनीतिक खिचातानीलाई प्रतिपक्षी दल माओवादीले राजनीतिक रमिताको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा नेकपा माओवादीका सांसद रणेन्द्र बरालीले भोजपुरे माझ किराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको मल्ल युद्धले अर्को रमिता देखाएको टिप्पणी गरे । स्मरणीय छ, भण्डारीले केही दिनअघि आफू माझकिराँतकी छोरी भएकी र सक्रिय राजनीतिबाट पछि नट्ने बताएकी थिइन् । यस्तै, प्रधानमन्त्री ओलीलले पनि केही दिनअघि आयोजित एक सार्वजनिक कार्यक्रममा हिन्दूहरूको आराध्यदेव देवाधिदेव महादेवलाई चाम्लिङको छोरा भएको टिप्पणी गरेका थिए । जुन ओलीको त्यसप्रकारको अभिव्यक्तिको सर्वत्र आलोचना गरिएको छ ।
प्रतिक्रिया