कुलिङ पिरियडलाई लिएर कांग्रेस–एमालेबिच हट पिरियड !!

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमा संशोधनको विषयमा एमालेका सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरुले फरक संशोधन राखेको र उनीहरुमा विधायिकी ज्ञानको कमी रहेको आरोप पनि लगाए ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामती विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न पनि सल्लाह दिए । बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने भएको कारण सांसदको स्वतन्त्र अधिकार भएको बताए । प्रतिनिधिसभाबाट पास भएको संघीय निजामती सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न एमाले सांसदहरुले संशोधन हालेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर