कांग्रेसको कोर भ्यालुमा एमालेको आक्रमण : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा पनि कांग्रेसका नेताहरू बोल्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
काठमाडौंमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले मंगलबार आयोजना गरेको बिपीसम्बन्धी विचार गोष्ठीमा नेता कोइरालाले भने, ‘कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले पनि हामीहरूले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर भन्न सक्नुपर्छ । यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हामीबाट पनि भएको छ । राज्य व्यवस्थाको पनि गल्ती छ सभापतिले किन हेरेन ? तर सच्याउने नाममा अहिले राष्ट्रिय सभामा एमालेका सांसदले कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन ? यो हामीले बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले देउवाले टेक एण्ड पे मा अडान लिए जस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिन आवश्यक रहेको बताए ।