भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ । आयोगले २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिँदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिकाको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन घुस लिएको आयोगले दाबी गरेको छ । आयोगले अनुसन्धान गर्न उनीहरुका मोवाइल पनि नियन्त्रणमा लिएको छ । यससम्बन्धमा थप जानकारी दिन आयोगले अस्वीकार गरेको छ ।
प्रतिक्रिया
