भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य गिरफ्तार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ । आयोगले २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिँदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकाको  १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन घुस लिएको आयोगले दाबी गरेको छ । आयोगले अनुसन्धान गर्न उनीहरुका मोवाइल पनि नियन्त्रणमा लिएको छ । यससम्बन्धमा थप जानकारी दिन आयोगले अस्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर