घटिया राजनीति लामो समयसम्म टिक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशभरिनै विकासको लहर चलेको बताएका छन् । शनिबारदेखि आफ्नो गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओलीले आईतबार झापाको दमक वडा नम्बर—२ मा पर्ने मदनडाँगी ताराबारी डिप सडक स्तरोन्नती आयोजनाको समुदघान समारोहमा बोल्दैं देशभरि चलेको विकासको लहरको एउटा उदाहरण यहि सडक भएको स्पष्ट पारे ।

दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कृष्ण मन्दिरबाट उत्तपटिको मदनडाँगी ताराबारी डिप सडक सडक स्तरोन्नती आयोजनाको समुदघाटन गरेपछि सम्बोधन गदैं भने ‘अहिले सरकारले देशभरि विकासको लहर चलाइरहेको छ, त्यही लहर अन्तर्गत दमकको नयाँ सडक हो,आधूनिक ढंगको निर्माण गरिहएका कारण धेर फाइदा पुग्नेछ ।’

शहरभित्रको आधूनिक सडक निर्माण गर्ने कार्यमा दमक नगरपालिकाले गरेको अगुवाईमा स्थानीयको सहयोगमा निर्माण सडक निर्माणका क्रमा प्रत्यक्ष परोक्षरुपमा साथ सहयोग गर्ने,योगदान गर्न शहरवासीलगायत सवैमा प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन समेत गरे ।

‘कतै जग्गाधनी प्रमाण —पूर्जा वितरण त कतै अस्पताल उद्घाटन भएका छन् । ’ प्रधानमन्त्री ओलीले भने—‘अरु यस्ता विकासका थुप्रै काम हुदैछन् । झापाको कन्काई नगरपालिका इलामको माई नगरपालिकामा भए । ’ देशभर धमाधम हुलाकी राजमार्ग निर्माण भईरहेको, कतै निर्माणका चरण्मा रहेका, भास्सिएका पुलको मर्मत तथा सम्भार हुदैं गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘एस.इ.ईको रिजल्ट हेर्दा पनि हुन्छ’ प्रधानमन्त्री ओलीले भने —‘ कुनै समय ४८ प्रतिशत कटाउन हम्मेहम्मे हुन्थयो, यो पटकको परिणाम ६२ प्रतिशत पुगेको छ । संसदमा आफुले ६०÷६५ प्रतिशत आउनुपर्छ भनेको थिए । ६२ प्रतिशतसम्म आयो ।’ कुनै बेला आफुले ट्रान्सफर्मर, मिटर बक्स, विद्युतका तार माग्नेको लाइन हुने बताउँदैं प्रधानमन्त्री ओलीले आफू त्यसको अन्त्य गर्छु भनेर लागेकै कारण अहिले देशका कुना कुनामा विद्युत विस्तार भएको अहिले विजुली नभएको ठाउँ नभएका कारण ट्रान्सफर्मर, मिटर बक्स, विद्युतका तार माग्ने परम्पराको अन्त्य भएको दाबी गरे । देशका सवै वटाका खोलामा पक्की पुल छन् । कतै निर्माण भए, कतै हुदैछन् । यसकारण हरेकक्षेत्रमा प्रगति गरेको उनले बताए ।

आफूले एक्कै दिन ३१ वटा पुल, एकैदिन पालिका र सदरमुकाम जोड्ने २ सय १० वटा बाटा र पुल शिलान्न्यास गरेको र ती मध्ये धेरैको निर्माण कार्य सकिएको, कुनैको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

कृषि उद्योगका क्षेत्र निर्धारण गरेर सरकारले काम अघि बढाएको तर, झुटो प्रचार गरेर सरकारको लाई बदनाम गर्ने काम भएको भन्दैं प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरे । प्रमाण विनाको आरोप प्रत्यारोप गरेर झुटा प्रचार गर्नेप्रति आफुले कुनै जवाफ नदिने र यस्तो घटिया राजनीति लामो समयसम्म नटिक्ने उनको भनाई थियो । उनले यस्तो घटिया राजनीति नगर्न पनि सुझाँव दिए । ‘कुनै बेला खोलाका पाता कस्ने भन्दा मलाई उडाए मजाक हो भने’ प्रधानमन्त्री ओलीले भने —‘अहिले प्रत्येक खोलाको पाता फर्काएर तटबन्धन गरेर कटानबाट जोगाएका छौ ।’
दमकमा विजनेश टावर निर्माण गरेको भ्यू टावर भनेर झुटो प्रचार गरेको र त्यस्तो प्रचारको पछि नलाग्न उनले अनुरोध समेत गरे । यो टावर आगामी दिनमा झापाको आर्थिक गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे । यो विकासको नमुना भएको उनले बताए । दमकमा फुटबल क्रिकेटका लागि अबौं रुपैयाँमा रंगशाला बन्ने प्रधानमन्त्री ओलीले बताए ।
दमक नगरपालिकाका नगरप्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले बोलेका थिए ।

भापाको कार्यक्रम सकेर प्रधामन्त्री ओलीले झापा र मोरङको बिचमा बनेको रतुवामाईमा निर्माण सम्पन्न रतुवा पुलको उद्घाटन गरे । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल १७ वर्षपछि सम्पन्न भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले मुलुकको गरिबी अन्त्यलाई सरकारको पहिलो प्राथमिकता भएको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलगायतका क्षेत्रको तीव्र विकासमार्फत मुलुकलाई समृद्ध बनाउने स्पष्ट संकल्प प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

अबका १५ वर्षपछि देशमा गरिब नरहने प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । ‘यहाँको गरिबी अन्त्य गर्नुपर्छ। अब हामी आधुनिक र विकसित मुलुकतर्फ अघि बढ्नुपर्छ । ’ प्रधानमन्त्री ओलीले भने । उनले पूर्वाधार विकासलाई त्यसको आधारका रूपमा प्रस्तुत गर्दै पुल, सडक, विद्युत, सञ्चार, सूचना प्रविधि लगायतका क्षेत्रमा देशले उल्लेखनीय प्रगति गरिसकेको दाबी गरे ।

उनले भने, ‘अब हामीसँग न विद्युतको कमी छ, न सञ्चार सुविधाको, सूचना प्रविधिमा त हामी सेवा नै दुनियाँलाई बेचिरहेका छौं। त्यसको दुरुपयोग पनि केही भएको होला, तर हाम्रो देशका धेरै नागरिकले राम्रो काम गरिरहेका छन्। बाटो थिएन, बाटो बनेको छ, पुल थिएन, पुल बनेको छ ।’ अरु पनि सिञ्चाइ आयोजना लगायतका पूर्वाधार निर्माण गरिने ओलीले बताए। उनले वर्तमान सरकारको लक्ष्य मुलुकलाई आधुनिक र विकसित बनाउने रहेको उल्लेख गरे ।

उनका अनुसार, ‘अब त हामीसँग विद्युत छ, सञ्चार सेवामा प्रगति भएको छ, सूचना प्रविधिमा सेवा निर्यात गरिरहेका छौं ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा गाउँपालिकाका अध्यक्षबाट प्राप्त ज्ञापनपत्रको उल्लेख गर्दै, त्यसमा उठाइएका सुझावप्रति ध्यान दिने आश्वासन पनि दिए । उनले भने, ‘म त्यही संकल्प, प्रतिबद्धता र तीव्र इच्छाशक्ति लिएर अगाडि बढिरहेको छु, तपाईंहरू पनि त्यसैगरी अघि बढ्नुपर्छ ।’ कार्यक्रममा उनले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट भएकोमा प्रसन्नता व्यक्त गर्दै सबैलाई धन्यवाद पनि दिए ।

२०७९ पुस १७ गते देव एण्ड सायररसमतार आशिषदीप जेभी कम्पनीसँग २२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०८१ असार १७ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गरेको हो । यसअघि आर्थिक वर्ष २०६४÷६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो। पुलको कुल लम्बाइ ३४८ मिटर रहे पनि सो कम्पनीले मात्र २०४.८ मिटर निर्माण गरेर काम अलपत्र छाडेको थियो । नयाँ ठेकेदार कम्पनीले बाँकी काम सम्पन्न गरी पुललाई सञ्चालनमा ल्याईएको हो ।

कनकाइ खोला पुलको निर्माण पनि सम्पन्न भएपछि मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सञ्चालनमा सहजता आउनेछ । विराटनगरतर्फको ८ किलोमिटर सडक अझै अलपत्र अबस्थामा रहेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । त्यसलाई तत्काल निर्मण पूरा गर्न आग्रह गरे ।ठेकेदार कम्पनीको लापरवाहीका कारण १७ वर्षसम्म अलपत्र परेको पुल अन्ततः निर्माण सम्पन्न भएपछि स्थानीयवासीले राहत महशुस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर