राप्रपामा आन्तरिक किचलो सुरु, धवल समूह लिङदेनविरुद्ध आयोगमा

काठमाडौं ।  राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेको राप्रपामा आन्तरिक किचलो सुरु भएको छ। केही दिनअघि मात्र लिङ्देनले पार्टीको अनुशासन आयोगबाट नवराज सुवेदी र प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई हटाएको निर्णय गरेपछि आन्तरिक किचलो उत्पन्न भएको हो।

धवलशमशेर राणाको छुट्टै भेलामा लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने सहमतिअनुसार सुवेदी र लावती त्यहाँ पुगेका छन्।यता राप्रपाले भने उजुरी दिन जानेलाई लोकलाजको ख्याल राख्न चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर