“कुलिङ पिरियड छेडखानी : खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने काम भयो”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा भएको छेडखानीले संसदीय व्यवस्थामाथि लाग्ने गरेको आरोप पुष्टि भएको टिप्पणी गरेका छन् ।
कुलिङ पिरियड सम्बन्धमा राज्य व्यवस्था समितिको प्रतिवेदनमा छेडखानी गरिएको विषयले संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने काम भएको उनले टिप्पणी गरे । काठमाडौंमा बिहीबार समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले संविधानमा निर्दिष्ट गरेका मान्यता कार्यान्वयन गर्न नरुचाउने तप्काले समितिका प्रतिवेदनमा छेडखानी गर्ने गरेको आरोप लगाएका हुन् ।
‘हामीले संसदीय व्यवस्थालाई खसीको टाउको झुण्डाएर कुकुरको मासु थलो हो भनेका थियौं । अहिले जे भइराखेको त्यस्तै देखिन्छ’ प्रचण्डले भने, ‘समितिको प्रतिवेदनमा भएका छेडखानी त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने काम भइरहेको छ ।’