अमेरिकाद्वारा युक्रेनलाई हतियार आपूर्ति बन्द, किएभमा व्यापक चिन्ता

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दिँदै आएको केही महत्त्वपूर्ण हतियार आपूर्तिमा रोक लगाएको छ । यो निर्णयसँगै रुससँग विगत चार वर्षदेखि युद्ध लडिरहेको युक्रेनले युद्ध थप लम्बिने र जटिल बन्ने चेतावनी दिएको छ भने रुसले युद्ध चाँडै अन्त्य हुने भन्दै स्वागत गरेको छ ।

 ह्वाइट हाउसले युक्रेनमा भइरहेको कतिपय हतियारको आपूर्ति रोकिएको मङ्गलवार पुष्टि गरेको हो । ह्वाइट हाउसकी प्रवक्ता एना केलीका अनुसार, अमेरिकी रक्षा मन्त्रालयले अन्य देशहरूलाई गरिने सैन्य सहयोगको विस्तृत समीक्षा गरेको र अमेरिकी राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्दा यो कदम चाल्नुपरेको हो ।

अमेरिकी निर्णयले किएभमा गम्भीर चिन्ता उत्पन्न गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई देशबीच ‘आपूर्तिका विस्तृत पक्षबारे थप स्पष्टता आवश्यक रहेको’ बताएका छन् । यता, युक्रेनी विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिँदै कुनै पनि किसिमको ढिलाइले ‘आक्रमणकारी (रुस) लाई शान्ति रोज्नुको साटो युद्ध र आतङ्क मच्चाउन थप प्रोत्साहन मिल्ने’ जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर