कांग्रेससँग भएको सहमतिभन्दा अगाडि नै प्रधानमन्त्री पद हस्तान्तरण गर्न ओली तयार

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमतिभन्दा अगाडि नै प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको कुरा दोहोर्‍याएका छन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडमा आयोजित एक कार्यक्रममा सत्ता समीकरणलाई लिएर कुनै पनि किसिमको शङ्का नगर्न आग्रह पनि गरे ।

उनले भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । बरु १०-१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन आगामी ०८४ सालको निर्वाचनसम्मै कायम रहने दृढतासमेत व्यक्त गरे । सोही कार्यक्रममा उनले युरोपमा स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई शुभकामना दिँदै उनीहरूको समृद्धिको कामना गरे । उनले युरोपमा कठिनाइ भोगिरहेका युवालाई स्वदेश फर्केर आधुनिक कृषिमा भविष्य खोज्न पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर