नेपालले श्रीलङ्कालाई फराकिलो अन्तरले हरायो

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो । नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १/१ गोल गरे ।
यो जितसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको जोडेको छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार आयाेजक उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एसियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।