कम्युनिस्ट पार्टीमा महासचिव पोखरेलको कम्युनिस्ट कार्यशैली !

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन् ।
पार्टीको आज बुधबार भएको एक भर्चुअल बैठकमा महासचिव पोखरेलले भने, ‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ । पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने समयमा नेतृत्वको बहसले पार्टीलाई फाइदा गर्दैन ।’
पूर्वराष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्किएको घोषणा गरेसँगै अहिले एमाले वृत्तमा अनेक टिकाटिप्पणी चलिरहेको छ । एमालेमा अहिले आगामी नेतृत्वका लागि ओली र भण्डारीका नाममा कार्यकर्ताको मत विभाजन देखिएपछि एकले अर्काविरुद्ध विचार प्रकट गर्दै आएका छन् ।
प्रतिक्रिया