इजरायल गाजामा युद्धविराम गर्न सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिनका लागि युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन् । उनले भनेका छन्- ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिने सर्तहरूमा इजरायल सहमत भएको छ ।

साथै उनले हमाससँग पनि युद्धविरामको लागि अन्तिम प्रस्तावमा सहमत हुन आग्रह गरेका छन् । कतार र इजिप्टका प्रतिनिधि यो अन्तिम प्रस्ताव हमाससमक्ष पेस गर्नेछन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- हाम्रा प्रतिनिधिले इजरायली अधिकारीहरूसँग गाजाको विषयमा लामो र सकारात्मक परिणाम दिने बैठक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर