सिनेटको निर्णयपछि शक्तिशाली बन्दै राष्ट्रपति ट्रम्प

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप कुनै पनि कारबाही गर्नबाट रोक्ने डेमोक्र्याटिक पार्टीका सांसदहरूको प्रयास शुक्रबार संसदको माथिल्लो सदन सिनेटमा अस्वीकृत भयो। ट्रम्पको रिपब्लिकन पार्टीले संसदमा प्रस्तुत गरिएको प्रस्तावको विरोध गर्‍यो। सिनेटर टिम केनको यो प्रस्तावको उद्देश्य इरान विरुद्ध थप कुनै पनि सैन्य कारबाही गर्नु अघि ट्रम्पले संसदको अनुमोदन लिनुपर्ने कुरा सुनिश्चित गर्नु थियो।

यदि आवश्यक परेमा इरानको आणविक स्थलहरूमा फेरि बम विस्फोट गराउने हो कि भनेर सोध्दा ट्रम्पले भने, “बिल्कुलै, बिना हिचकिचाहट।” प्रस्ताव पारित हुनुलाई टाढाको सपना मानिन्थ्यो। सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ र १०० सदस्यीय सिनेटमा यसको ५३ सदस्य छन्। इरानमाथि आक्रमण गर्ने निर्णयको पक्षमा रिपब्लिकन पार्टीका सांसदहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्।

धेरैजसो रिपब्लिकन सांसदहरूले इरानले आसन्न खतरा निम्त्याउने बताएका छन् जसका लागि ट्रम्पबाट निर्णायक कदम चाल्नु आवश्यक छ। उनीहरूले गत सप्ताहन्तमा कंग्रेसको स्वीकृति बिना तीन इरानी आणविक स्थलहरूमा बम विस्फोट गर्ने ट्रम्पको निर्णयलाई समर्थन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर