माधवकुमार नेपाल अध्यक्षकै रूपमा रहने नेकपा एसको निर्णय

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रवार बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानुनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए । उनले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलिमाथि छानबिन हुन आवश्यक रहेको पनि बताए ।

उनले भने ‘अख्तियारले अध्यक्ष माधवकुमार नेपाललाई जुन मुद्दा लगाएको छ र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरूलाई जानकारी गराउने काम भयो । यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्‍यौँ । हामी के निष्कर्षमा पुगेका छौँ भने यो कानुनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने कुरामा पुगेका छौँ । अध्यक्ष नेपालमाथि जुन मुद्दा लगाइएको छ त्यो कानुनी मुद्दा होइन । अख्तियारले नै २०६९ सालमा यो मुद्दालाई तामेलीमा राखेको छ । बरु के भनेको छ भने मन्त्रिपरिषद्ले जुन पतञ्जलिलाई जग्गा किनबेच दियो । त्यसको लागि पाँच वर्षको समय तोकेको रहेछ । त्यो विषयमा पतञ्जलिले कार्यान्वयन गरोस् भनेर मालपोत कार्यालय काभ्रेलाई जिम्मा दिएको रहेछ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल अध्यक्षकै रूपमा रहने छन् । आज बसेको सचिवालय बैठकले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि लगाइएको भ्रष्टाचारको मुद्दा प्रतिशोधपूर्ण रूपमा लगाइएकाले उनी अध्यक्षको रूपमा नै रहने प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर