कांग्रेस महाधिवेशन समयमै हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका छन्। चितवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा हुन नदिने भन्ने कुरा झूटो भएको दाबी गरे।
कांग्रेस महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् ।
उनले बजेटमा ‘टेक एण्ड पे’ को सामान्य कुरा हटेपछि बजेट पास भएको र यसलाई ठूलो रूपमा हेर्न नहुने पनि बताए। सभापति देउवाले भने, “एउटा सानो कुरा थियो। टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो। सानो कुरा हो। ठूलो कुरै होइन। कांग्रेस महाधिवेशन समयमै हुन्छ। कहाँबाट हुनु झुटो कुराहरु हो।”
सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा पनि झूटो रहेको स्पष्ट पारे।
प्रतिक्रिया