रोनाल्डोको अल-नासारसँग नयाँ सम्झौता

काठमाडौं  ।   क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग क्लब अल-नासारसँग नयाँ सम्झौता गरेका छन्। उनले अल-नासार सँग दुई वर्षे सम्झौता गरेका हुन्। यससँगै उनी अब ४२ वर्षभन्दा बढी उमेरसम्म पनि क्लबमै रहने निश्चित भएको छ। ४० वर्षीय रोनाल्डोले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर रियादस्थित अल-नासार क्लबमा आवद्ध भएका थिए।

उनको अघिल्लो सम्झौता जुनको अन्त्यसँगै सकिँदै थियो। तर अब क्लबसँगको सम्बन्ध थप दुई वर्षका लागि लम्बिएको छ। सम्झौतापछि सामाजिक सञ्जाल ‘एक्स’ मा रोनाल्डोले लेखेका छन्-‘अब नयाँ अध्याय सुरु हुँदैछ। उही जोश र उही सपनाका साथ। आउनुहोस सँगै मिलेर इतिहास रचौँ।’ रोनाल्डो हालसम्म अल-नासारका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर