नेपालले सिंगापुरविरुद्ध जित हात पार्दै विजयी सुरुवात

काठमाडौं ।  एसियन यु–१६ इस्ट जोन कपको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध जित हात पार्दै विजयी सुरुवात गरेको छ। नेपालले सिंगापुरमाथि ६ विकेटको जित हात पारेको हो।

टस जितेर सुरुमा ब्याटिङ गरेको सिंगापुरले १३८ रन बनाएको थियो। १३९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर ब्याटर प्रसिद्ध जैशीले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ९७ बलमा ५ चौका प्रहार गरे। रौनक श्रीवास्तवले ४० रन बनाउँदा शुभम खनाल ९ रनमा अविजित रहे।

सिंगापुरका लागि बलिङमा आकाश तेजाले सर्वाधिक ३ विकेट लिए। युभान पाण्डेले १ विकेट लिए। सिंगापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। सिंगापुरका लागि कप्तान रियान नैकले ५३ रनको अर्धशतकीय पारी खेले। ओपनरद्वय रोहन अरुण र आहान वुथानदमले क्रमशः ११ र ३८ रन बनाए। प्रनाथ इशान मिदुरीले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिए। सचिन भट्टले ३ र शुभम खनाल र अभय यादवले समान १–१  विकेट लिए। नेपालले प्रतियोगिताको दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर