अन्ततः अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा भीषण हवाई आक्रमण

काठमाडौं । अन्ततः अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा भीषण हवाई आक्रमण गरेको छ । आक्रमणबाट पुगेको क्षति र त्यसको लेखाजोखाको समाचार आउन बाँकी रहेको छ । इरानको सबभन्दा ठूलो आणविक बम बनाउने केन्द्र फोर्डोमा बंकर बस्टर बमले प्रहार गरेको हो । दुईदेखि तीनसय फिट गहिराईमा बनाइएको बंकर पनि यो हतियारले ध्वस्त वा नष्ट गर्ने क्षमता राख्दछ । अमेरिकाले खाडी युद्धको समयमा उक्त हतियार प्रयोग गरेर इराकले बनाएका सयौं बंकर नष्ट गरेर सद्दाम हुस्सेनका सैनिकहरूलाई आत्म समर्पण गराइएको थियो ।

यसैबीच आक्रमण पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो देशले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा धेरै सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका छन् । उनले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।

“हामीले इरानका तीन आणविकस्थल फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो १ यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर