डा. महत बोल्नासाथ रास्वपाका सांसदहरू बाहिरिए

काठमाडौं । लामो समयसम्मको प्रतिनिधिसभाको वेल घेराउ कार्यक्रमपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू बैठकबाट बाहिरिएका छन् । विनियोजन बजेटमाथिको छलफलका लागि सभामुखले दलीय आधारमा कार्यसूची अगाडि बढाउन लाग्दा नेपाली कांग्रेसका डा. प्रकाशशरण महतलाई बोल्ने समय प्रदान गर्दा रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन् ।

रास्वपाका सांसदहरू बाहिरिएको विषयमाथि टिप्पणी गर्दै महतले भने, ‘सभामुख महोदय, लगातार उभिन गाह्रै हुन्छ’, भन्ने व्यङ्ग्य गरे । यसअघि रास्वपाका सांसदहरू वेल घेराउ गरेर चुपचाप उभिरहेका थिए । रास्वपाका सांसदहरूले हिजो शुक्रबारको प्रतिनिधिसभाको बैठक अवधिभर पुस्तक अध्ययन गरेर विरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर