इजरायलद्वारा इरानको आणविक केन्द्रमा भीषण आक्रमण

काठमाडौं । इजरायली वायुसेनाले इरानको भूभागभित्र धेरै प्रमुख लक्ष्यहरूमा बम वर्षा गरेको छ । इजरायलले अपरेशन राइजिङ लायन (Operation Rising Lion) नामक आक्रमणमा ४० वटा लडाकु हवाई जहाजले इरानी आणविक ठेगानामा बुधबार बिहीबार राति भीषण हमला गरेको छ ।
लडाकु विमानले (precision-guided bombs) सयभन्दा बढी सटीक निशाना लगाइएको इजरायली रक्षा अधिकारीहरूले दाबी गरेका छन् । आक्रमण इरानको आणविक सुविधा, क्षेप्यास्त्र उत्पादन केन्द्र र हवाई रक्षा प्रणालीलाई लक्षित गरिएको थियो। हमलाबाट इरानको आणविक बम बनाउने प्रक्रियामा भारी नोक्सान पुगेको बताइएको छ ।
प्रतिक्रिया