हीरा जडित रोलेक्स घडीका कारण अभिनेत्री जेनिफर एबोटको हत्या

काठमाडौं । मनोरञ्जन जगतबाट पछिल्ला केही दिनदेखि हृदय विदारक खबरहरू आइरहेका छन्। हालै, सारा स्टेनबर्गको नामले चिनिने पूर्व फिल्म निर्देशक तथा अभिनेत्री जेनिफर एबोटको मृत्युको खबर प्रकाशमा आएको छ। अभिनेत्रीको उत्तरी लन्डनको क्याम्डेन क्षेत्रमा रहेको उनको घरमा हत्या गरिएको थियो, जहाँ प्रहरीले उनलाई मृत फेला पारेको थियो। प्रहरीले उनको बहुमूल्य हीरा जडित रोलेक्स घडीको लागि उनको हत्या गरिएको आशंका गरेको छ।

प्रहरीका अनुसार जेनिफरलाई उनको ओछ्यानमा कम्बलले बेरिएको र मुखमा टेप लगाइएको अवस्थामा फेला पारिएको थियो। उनकी भतिजी उनीसँग सम्पर्क गर्न सकिनन्। तर, प्रहरीको सहयोगमा घरको ढोका फुटाइएको थियो। अनुसन्धानमा टाउकोमा धारिलो हतियार प्रहारका कारण उनको मृत्यु भएको खुलेको छ।

घटनाको तीन दिनपछि, जुन १३ मा साँझ ६ बजे एम्बुलेन्स बोलाइएको थियो, तर उनको मृत्यु भइसकेको थियो। उनको घरपालुवा जनावर कोर्गी तीन दिनसम्म बाथरुममा थुनिएको थियो, तर अब सुरक्षित छ। प्रहरीले अभिनेत्रीको हत्या उनको हीरा जडित रोलेक्स घडी चोर्नको लागि गरिएको बताएको छ। यद्यपि, मुद्दा अझै अनुसन्धानको क्रममा छ। जेनिफर एबोटलाई अन्तिम पटक जुन १० मा आफ्नो घरपालुवा कोर्गी कुकुरसँग हिँडिरहेको देखिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर