प्रमुख दुई दलका नेताहरूबिच बैठक

काठमाडौं । पछिल्लो समसामयिक राजनीतिक विषयमा दुई प्रमुख सत्तारुढ दलका शीर्षनेताबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजा बुधबार साँझ छलफल भएको हो ।
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको जारी विरोध तथा अन्य राजनितिक परिस्थितिवारे दुई शीर्षनेताबिच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तीन दलका शीर्षनेताबिच छलफल हुने भनिएकोमा माओवादी केन्द्रका अध्यक्ष उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएनन् ।
बैठकमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा त्यस्तै गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जा मन्त्री दीपक खड्का पनि सहभागी थिए ।