इरानमाथि इजरायलको भीषण क्षेप्यास्त्र आक्रमण

काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरुलाई राजधानी तेहरान छोडेर जान आग्रह गरेलगत्तै मगलवार बिहान इजरायलले भीषण क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणका कारण तेहरानको पूर्वी भागमा विस्फोट भएर धूवाँ उडेको थियो । प्रतिरक्षामा इरानले क्षेप्यास्त्र प्रहार गरेको छ । महत्त्वपूर्ण आणविक हतियार रहेको नतान्ज शहरमा पनि वायु प्रतिरक्षा प्रणाली सक्रिय भएको छ । आणविक हतियार विकसित नगर्ने विषयमा सहमति नगरेको भन्दै ट्रम्पले इरानीहरुलाई चेतावनी दिएका हुन् । यसैबीच इरानले अमेरिकालाई युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर