संविधानको रक्षार्थ दुई बुँदे सहमति : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दावी गरेका छन्।   प्रचण्डको नीजि निवास भरतपुर- १४ शिवनगरमा मंगलबार आयोजना पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभई संविधानको रक्षार्थ भएको बताए।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगायत वर्तमान उपलब्धी माओवादीको एजेण्डा भएको दावी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे । प्रचण्डले संघीय निजमति ऐन,विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमतिमार्फत् त्यसको जिम्मेवारी लिन खोजेको प्रष्ट पारे। प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताए । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर