आज पनि रास्वपाका सांसदहरुको बैठकमा अवरोध

काठमाडौं । रास्वपा सांसदहरुले आज सोमबार प्रतिनिधिसभाको अवरोध सिर्जना गरेका छन् । सभामुख देवराज घिमिरे अवरोधकाबिच बैठक सञ्चालन गरेपछि उनीहरुले वेल घेराउ गरेका थिए । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा पनि लगाए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकसमेत मुछिएको भन्दै लेखकले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई उपेक्षा गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया