सभामुख र प्रमुख सचेतकहरूबिच छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरलगायतका विषयमा प्रमुख सचेतकहरूसँग आज छलफल गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू छलफलमा सहभागी भएका छन् । प्रतिनिधिसभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन् । तर त्यस्ता छलफल हालसम्म उपलब्धिमूलक हुन सकेको छैन ।
प्रतिक्रिया