कच्चा तेलको मूल्यमा भारी वृद्धि

काठमाडौं ।  इजरायलले इरानमाथि गरेको आक्रमण पछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । इजरायलले आज विहानै इरानाथि भीषण आक्रमण गरेको थियो ।

हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने मुख्य मुलुक हो । मध्यपूर्वमा युद्धका त्रास बढेसँगै इन्धनको मूल्यमा भारी वृद्धि हुने अनुमान गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल क्रुड आयलको मूल्य ७४.६५ डलर पुगेको छ । हिजोसम्म यस्तो मूल्य प्रतिब्यारेल ६९.३६ डलर रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर