आइसीसी क्रिकेट : नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार आज अपराह्न पौने ४ बजे खेल हुँदैछ ।

यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गरेको छ भने ३ खेलमा नेदरल्यान्ड्सले जित दर्ता गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर