प्रतिगमनविरुद्ध खरो र दरो उभिन प्रचण्डको वाइसीएललाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरोसँग उभिन आग्रह गरे ।
‘अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्र पनि छन्,’ उनले भने, ‘कहीँ न कहीँ फेरि जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, युवाहरूको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिसहरू पनि भइराखेकै छन्।’