राष्ट्रपति ट्रम्प र मस्कबिच सम्बन्ध समाप्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलोन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन् । शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले टेक व्यवसायी मस्कसँग आफ्नो सम्बन्ध अन्त्य भएको बताएका हुन् ।
ट्रम्प र मस्कबीच बढ्दो तिक्तताका बीच अन्तर्वार्तामा सोधिएको थियो, ‘के मस्कसँग तपाईंको घनिष्ट सम्बन्ध अब सकिएको हो त ?’, जवाफमा ट्रम्पले भने, ‘हो म त्यस्तै ठान्छु ।’ ‘मस्कसँग बिग्रिएको सम्बन्ध सुधार्न चाहनुहुन्छ ?’ भन्ने अर्को प्रश्नमा ट्रम्पले सीधै ‘चाहदिँन’ भनेर जवाफ दिएका थिए ।
राष्ट्रपति ट्रम्प र मस्कबीचको पछिल्लो समय सामाजिक सञ्जालमार्फत नोकझोक चलेको थियो । ट्रम्प प्रशासनले ल्याउन लागेको बीग ब्यूटीफूल बील (कर र खर्चसम्बन्धी विधयेक) को मस्कले आलोचना गरेपछि यी दुईबीच तिक्तता बढेको हो ।
त्यसो त मस्कले राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पलाई करोडौं डलर सहयोग गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प प्रशासनमा मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डज) नामक सरकारी निकायको प्रमुख बनाइएको थियो । उनले १२९ दिन काम गरे ।